|

Junai Akash Muni

Hami Pahile Nepali Album Lyricist- Nawa Raj Subba,

(३) जुनै आकाश मुनि

जुनै आकाशमुनि म हिमाली छाया देख्छु
जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु ।

हामीलाई चिनाउने पुर्खाको वीरता छ
आफूलाई सम्झाउने माटोको ममता छ
बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु
जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु ।

सात समुन्द्र तरें अनगिन्ति रात गनें
घर फर्कने त्यो दिन नखोसि देऊ भनें
जता पुगे’नी सगरमाथाकै छाया देख्छु
जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु ।

गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Similar Posts

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…

  • |

    Afno Bhagya

    ४ आफ्नो भाग्य आफै लेख्‍ने दिन आफ्नो भाग्य आफै लेख्‍ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका…

  • |

    Gulafako Thunga

    ८. गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम:…

  • |

    Bahar Sanga

    ४विवशताले बाँधिएको  विवशताले बाँधिएको मान्छेको जीवनपिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छलम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगीहजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…