खेलकूद –गीत

जिन्दगी यो एउटा रमाइलो खेल हो
जीत हार स्वीकार्ने मित्रता र मेल हो ।

नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं
मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं ।

हिमाल जस्तो शिर छ तराई जस्तो छाती
देशको नाम राख्नेछौं हातमा झण्डा बोकी ।

सगरमाथा काखमा सधैं हाम्रो माया छ
मेची काली झैं बग्ने नरित्तिने माया छ ।

Similar Posts

  • गीत

    फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।

  • शुभकामना गीत

    नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि…

  • शहीदलाई सलाम !

    (गीत)

     शहीदलाई सलाम !

    – नवराज सुब्बा

    सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
    देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

     

    देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

  • भूल मन पर्छ

    चालै नपाइ फक्रिएको फूल मनपर्छ जानी जानी गरेको भूल मन पर्छ । वसन्तमा छरिएर मुस्काउने आशा नशा साँच्चै लागेछ तिमी देख्छु जता तिम्रै केशमा सिउरेको फूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ । नसल्काऊ मुटु मेरो बल्या दियोसँगै तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै अझै हान तीर मलाई शूल मन पर्छ जानी जानी गरेको…

  • असारेगीत

    धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो…

Leave a Reply