|

Deshko Maya Lagcha

६) देशको माया लाग्छ 

सबैभन्दा धेरै मलाई देशको माया लाग्छ
मेरा सन्तान भनी रुने देशको माया लाग्छ ।

प्रकृतिले बनाइदिए तराई पहाड हिमाल
सुन्दरताको नाना खानी यही“ नै छ विशाल
परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ
सबैजना मिलिजुली हिंड्न मन लाग्छ ।

म त जान्न परदेश गाउ“घर बिर्सी
जन्मिएको हुर्किएको देशबाट उठी
यो देशलाई झिलिमिली बनाउने मन छ
अठोटलाई व्यवहारमा देखाउने मन छ ।

(गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Similar Posts

  • शहीदलाई सलाम !

    (गीत)

     शहीदलाई सलाम !

    – नवराज सुब्बा

    सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
    देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

     

    देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

  • |

    Sakchhi Chhaina Praman Xaina

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के…

  • |

    Bahar Sanga

    २ गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछुउड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छचन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गरसपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download

  • Ghazal

    Nepali-Gajal by Nawa Raj Subba Nawa Raj Subba, a ghazal lyricist, has released a solo album of Nepali-gajals titled “Lukeko Rahar”, with music by Shakti Ballabh. Voices have been provided by Narendra Pyasi, Jagdish Samal, Anju Pant, Mandvi Tripathi, Sumit Khadka, Shishir Yogi, Swarup Raj Acharya, Suresh Manandhar, and Bhim Chapagain. Nepali-gajal ‘लुकेको रहर‘ गजलकार…

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…