नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ
२ फर्केर आऊ

फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी
उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे ।

मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई
कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई ।

सिउरेको फूल ओइलेर झर्यो चैतको घामले
व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ)

Himalaima Hiun
Sabaile Dekchhan