Hami Pahile Nepali Album Lyricist- Nawa Raj Subba,

(३) जुनै आकाश मुनि

जुनै आकाशमुनि म हिमाली छाया देख्छु
जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु ।

हामीलाई चिनाउने पुर्खाको वीरता छ
आफूलाई सम्झाउने माटोको ममता छ
बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु
जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु ।

सात समुन्द्र तरें अनगिन्ति रात गनें
घर फर्कने त्यो दिन नखोसि देऊ भनें
जता पुगे’नी सगरमाथाकै छाया देख्छु
जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु ।

गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Geet Gau Ekatako
Janmiun Hami Nepalma