Nepali Gazal Songs

नेपाली गजल एल्बम– लुकेको रहर

गजल- १

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी, गजल एल्बम– लुकेको रहर)

 

गजल- २

जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः जगदिश समाल, गजल एल्बम– लुकेको रहर) 

गजल- ३

साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन
कता कता भौतारिनु नपुगेको गाउँ छैन ।

स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु
झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन ।

च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू
कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन ।

तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें
तर आज बताउन लायक आफ्नो नाउँ छैन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुरेश मानन्धर, गजल एल्बम– लुकेको रहर) 

गजल- ४

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निरासाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरुलाई बाँडनु ठूलो रैछ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः अञ्जु पन्त, गजल एल्बम– लुकेको रहर) 

गजल- ५

मेरो एउटा घर छ लुकेको रहर छ
आफन्त बिछोडिदै गएको शहर छ ।

पुरानो जो थोत्रो सायद म एक हुँ
फालिन बाँकी केवल एक पहर छ ।

हिँडाएँ ताते उसलाई लाठे बनाएँ
उसैले प्रहार त्यो गरेको ठहर छ ।

रोपेको छु फूल हालेकोछु मलजल
नसम्झे है यसमा घोलेको जहर छ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः शिशिर योगी, गजल एल्बम– लुकेको रहर)

गजल- ६

मेरा सबै रहरहरु पूरा भए अब के गरौं
दिक्दार भए मसित सायद सब के गरौं ।

अलिकति बचेको यो ओठको खुशी लेऊ
आएन हात कसैको दुःखमा जब के गरौं ।

आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ
कर्केनजर पो लगाए उल्टै तब के गरौं ।

कामै पर्दा मात्र चाहिने रहेछु एक ढुँगा
बन्यो घर बिर्सियो छैन मतलब के गरौं ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुमित खड्का, गजल एल्बम– लुकेको रहर) 

गजल- ७

त्यो मृत्युको आभास आइरहन्छ किन
कतै बोलाएझैं गीत गाइरहन्छ किन ।

म गीत गाउँदा गाउँदै ढलिजान सक्छु
हरपल संगीत दिलमा छाइरहन्छ किन ।

लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ
केवल दुखिरहने शव्द पाइरहन्छ किन ।

सबैलाई बाँड्न रैछ यही मुटु प्यारो
फकाई कसैले हरदम खाइरहन्छ किन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः स्वरुपराज आचार्य, गजल एल्बम– लुकेको रहर) 

गजल- ८

देउरालीमा बरपिपल आज बसेको देखिन
सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन ।

अमर भन्ने के छ र तैपनि रहर मेटिन्न र्
मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन ।

लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन
दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन ।

देऊ मलाई दोष जति भारीभो कैले भन्दिन
बिलाई जान दिन्नथें तारा खसेको देखिन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी, गजल एल्बम– लुकेको रहर) 

गजल- ९

कति सुनका कुरा गरौं अब गुनका कुरा
गर्मी भो प्रिय थालौ अब जूनका कुरा ।

चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय
आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा ।

आफन्त माया मारी पराय आफ्नो बनायौ
दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा ।

छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ
छिमेकीले बिर्सेनन् पैंचो दिया नूनका कुरा ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः भीम चापागाइँ, गजल एल्बम– लुकेको रहर) 

‘Lukeko Rahar’ Ghazals Album JUKEBOX by Nawa Raj Subba

Similar Posts

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • |

    Himalaima Hiun

                    १ हिमालैमा हिउँ  हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमाकुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलैढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतैहो नि हुन…

  • Ghazal

    Nepali-Gajal by Nawa Raj Subba Nawa Raj Subba, a ghazal lyricist, has released a solo album of Nepali-gajals titled “Lukeko Rahar”, with music by Shakti Ballabh. Voices have been provided by Narendra Pyasi, Jagdish Samal, Anju Pant, Mandvi Tripathi, Sumit Khadka, Shishir Yogi, Swarup Raj Acharya, Suresh Manandhar, and Bhim Chapagain. Nepali-gajal ‘लुकेको रहर‘ गजलकार…

  • |

    Chindina Nabhana

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ४ चिनिन नभन चिनिन नभन साथी चिन्दिनँ नभन गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन । फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन । रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान जीवनसाथी साधना मेरो…

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)