ईबुक भनेको के हो?

ebook

पृष्ठभूमि

आजकल ईबुकको चर्चा बढेको छ। यो प्रविधिले ल्याएको एक विकास हो जसले पठन संस्कृतिलाई डिजिटलाइज गर्दछ। यो अनलाईनबाट सर्वसुलभ र निशुल्क उपलब्ध गराउन सकिने भएकाले यसलाई अध्ययन अध्यापनको एक भरपर्दो साधन मानिन्छ। यसलाई व्यवसायिक तवरले बजारीकरण पनि गरिएको छ।

ईबुक भनेको के हो?

सामान्यतयाः पिडिएफ, ईपब, मोबी फायललाई ईबुक भनिन्छ। हामीले पिडिएफ फायल धेरै अघिदेखि कम्प्युटरमा पढ्दै आएका छौँ। यो पढ्नलाई पिसी वा कम्प्युटरमा सहज भए तापनि मोबाइल वा ट्यावलेटमा अलि गाह्रो हुन्छ। यसको अक्षर मोवाइलको स्क्रिनअनुसार सानो ठूलो हुँदैन। तर ईपब फायल मोवाइल वा ट्याव्लेटमा पढ्नलाई सजिलो हुन्छ। स्क्रिनको आकार अनुसार अक्षरको आकार मिलाएर हेर्न मिल्छ। यसबाट किताबकै अनुभूति मिल्छ।

ईबुक कसरी पढ्ने?

यसको लागि मोवाइलमा एउटा एप डाउनलोड गर्नुपर्छ। एप निशुल्क पनि पाइन्छन्। जस्तै ReadEra, Colibrio Reader एपहरू एप स्टोरबाट डाउनलोड गर्नुपर्दछ। पिसीमा हेर्नलाई Adobe Digital Edition, Callibre एप निशुल्क डाउनलोड गर्नसकिन्छ। त्यसपछि कुनै पनि ईपबलाई त्यस एपभित्र ल्याएर वा कुनै ईपब छानेर उक्त एप मार्फत खोल्नु पर्दछ।

यसमा पाना सरक सरक अघि पछि सजिलै सार्न वा पढ्न सकिन्छ। कुनै अध्याय खोजेर शिर्षक छानेर जान पनि सकिने विकल्प एपभित्र पाइन्छन्।

मलाई किन ईबुक मन पर्‍यो?

किनभने यो छिटो छरितो र निशुल्क तरिका हो। प्रविधिको सहजीकरणले गर्दा आज हजारौँ पुस्तक मोवाइलमा संग्रहित राख्‍न सकिन्छ। कागजी पुस्तक धेरै भएर भण्डारणको समस्या परे जस्‍तो यसमा समस्या पर्दैन। किताव खोज्न पनि सजिलो हुन्छ। किताव खोज्न मात्र होइन कितावभित्र कुनै विशेष शब्दलाई किवर्ड मानेर खोजेमा सजिलै आफूले खोजेको कुरा भेटिन्छ।

ईबुक छाप्दा कागज वा छपाइ खर्च लाग्दैन। यसले कागज खपत नगर्नाले वनजंगल संरक्षण र आर्थिक व्ययभार कम हुन्छ।

व्यवहारिक समस्या समाधानमा सहयोग कसरी?

परम्परागत पुस्तक प्रकाशकज्यूहरूले कृपया अन्यथा नलिनु होला। ईबुक एक विकल्प हो। मेरो पुस्तकालयमा कागजी पुस्तक नअँटेर समस्या परेको छ। कतिपय पत्रिका कवाडीलाई दिएँ तर धेरैजसो किताव त्यसो गर्न सकिन तर के गर्नु घरमा कोठा जति थपे पनि किताव राख्ने ठाउँ नपुगेर समस्या परेकाले म चाहिँ अब ईबुकतिर लागेको हो। लेखक पनि भइयो कागजी किताव छपाउन खर्च पनि धेरै लाग्ने, त्यत्रो खर्च गरेपछि विमोचन गरेर मान्छे भेला पारेर दुःख दिनु भन्दा सामाजिक सञ्‍जालको उपयोग गर्दै हात हातमा पुग्‍नलाई मैले ईबुक छानेको हो।

यसको भविश्य!

आजको युगमा कागजी पुस्तक बोकेर हिड्न वा संरक्षण गरेर राख्‍न चुनौतीपूर्ण भएको छ। भनेको बेलामा राखेका किताव नभेटिने, भेटिए पनि धुलो मैलोले छोपिएको अवस्थामा पढ्दा एलर्जी जस्ता स्वास्थ्य समस्या हुने गर्दछ। ईबुकलाई मोबाइल वा ट्यावेलट वा कम्प्युटरमा सेभ गरेर राखेमा यो सधै ताजा रहन्छ। किताव खोज्‍न तथा कितावभित्रको कुनै सामग्री खोज्‍न पनि सजिलो छ। कुनै महत्वपूर्ण कुरा बुकमार्क गरेर राखेमा सजिलै चाहिएका कुरा भेटिने भएकाले अनुसन्धानकर्तालाई ईबुक सहयोगी हुन्छ।

यसैले यसको भविश्य राम्रो छ। हामीले यसकोबारेमा चासो दिएर सिकेमा गाह्रो कुरा यसमा केही छैन। बरू यो प्रविधि अलि ढिला सिकेकामा पछुताउ हुन सक्छ।

मेरा ईबुकहरू

Similar Posts

  • सूर्तीको स्वाद

    नवराज सुब्बा

    मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

  • हारमोनियमको नशा (संस्मरण)

    हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे…

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…

  • संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

    संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् । जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै…

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • स्रष्टालाई सलाम (नवराज सुब्बा)

    मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा