|

Sodhna Mana Lagcha Pritam

३. सोध्‍न मन लाग्छ प्रितम्

सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ,
नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ,
संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ ।

जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी,
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन)

Similar Posts

  • |

    Dui Dinko Chola

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो…

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • |

    Nepali Nepali Hami Nepali

    Nepali-patriotic-songs नेपाली देशभक्ति गीत (Nepali patriotic songs) hold a special place in our hearts, celebrating the unity, diversity, and cultural richness of Nepal. From the snowy peaks of the Himalayas to the plains of the Terai, these songs express love and devotion to our nation. १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा…

  • |

    Yo Jyanko Maya

    ८ यो ज्यानको माया के माया यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया)