|

Hey Janmabhumi Swarga Hau Timi

१० हे ! जन्मभूमि स्वर्ग हौ तिमी 

हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटल
सन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल ।

शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमाल
मेची र काली रमाई गाउँछन् यही देश विशाल
यो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्ति
हे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल ।

बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महान
सबै जातजाति सम्पूर्ण धर्म उच्च र समान
बगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियोस्
जय होस् आमा सुन्दर गौरव जय होस् नेपाल ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- वाशु लामा, स्वर- वाशु लामा, विकेश विश्वकर्मा, सुनिता कटुवाल, बिमला राई, डि.बी. राई, एल्बम- देशको माया)

Similar Posts

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • |

    Bahar Sanga

    ५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं…

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • |

    Geet Gau Ekatako

    (२) एकताको गीत गीत गाऔं एकताको गीत गाऔं वीरताको हे ! पराक्रमी नेपाली लौ नाचौं राष्ट्रियताको । स्वतन्त्रता हाम्रो गीत जनताको सदा जीत जोगाउछौं हाम्रो हित कर्मसित राम्रो प्रीत । अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्बरता सुन्दरता । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…