अन्तर्राष्ट्रिय मातृभाषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस

धरतीको बोली (नेपाली कविता) अन्तर्राष्ट्रिय मातृभाषा दिवस

डा. नवराज सुब्बा

किन आज सन्तानहरूले
जननीलाई मातृभाषामा बोलाउँदैनन्?
बिलाउँना गर्छिन र आँशु पुछ्दै आमा
*कहिले गाउँपाखामा हराउँछिन्
कहिले दार्जिलिङको चियाबारीमा अनि
कहिले सुखिमको अलैँचीघारीमा लुक्छिन्

अनि,
मेरा बाका आँखामा कुँदिएका लिपीहरू
पढ्न नसक्ने वर्तमान पिढी देखेर
बिरक्तिन्छन् बा र भाग्य खोज्दै
*कहिले मलाया, कहिले लाहौर त
कहिले बर्मामा कुद्छन्
कहिले जर्मनसित त कहिले
निर्दोस अर्जेन्टिनीलाई धपाउँछन्
यसरी मेरो भाषा र लिपी
आजकल गाउँ र शहरमा त्यत्ति देखिन्न
भेटिन्न भोटमा पनि पहिलेजस्तो
उनीहरू नयाँ पिढीसित
लाजले लुकेर बसेका छन्
पुराना किताबभित्र।

खबरदार इतिहास!
जब तिमोले बाइसी चौबिसी राज्यका माटो टेक्यौ
त्यहाँका भाषा र लिपी कच्याककुचुक पारिदियौ
जब तिमीले किरात मिलायौ र लिम्बुवान हातमा लियौ
पिठबाट छुरा घोपेर मुखबाट जिब्रा थुतेर भाषा लिपी झिकिदियौ
र अफालिदियौ तिनलाई उनीहरूकै माटामा छताछुल्ल पारेर
तिमीले झार भनेर फालेका विरुवा आज आवाज भएर उठेकाछन्
मातृभाषा र पितृलिपी भन्दै जुरुक्क जागेका छन्
भावना फक्रिदै छ नयाँ जुझारु हातमा अनि काँधमा
हेर उठेका ती,
गाउँ गाउँबाट
बस्ती बस्तीबाट
अब जुर्मुराउँदै छन्।

याद राख,
इतिहास र वर्तमा जोड्ने
वंशाणु र जीवनकथा हो
मातृभाषा र लिपी
यसलाई जातीय लौरोले नहान
नयाँ पिढीबाट खोसिन लागेको
पुर्खाका चिनोलाई हामी सबैले बचाउँनुपर्छ
नयाँ आधुनिक पिढीसँगै यसलाई अघि बढाउनुपर्छ
नदोहोर्‍याउ कालो इतिहास
त्यस्ता सत्ताधारी सोँच र आँखाबाट यसलाई जोगाउँनुपर्छ
मातृभाषा मेरी आमा, लिपी मेरा बा हुन्
म बाआमालाई कहिल्यै मर्न दिने छैन
किनभने,
मेरा धरती र आकास हुन् मातृभाषा र लिपी
इतिहास बिना आदिवासीको जीवन असम्भव छ।

नेपाली लेखक कवि International Mother Language Day

Similar Posts

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

  • भूकम्पको प्रतिध्वनि (Poem)

    – डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

  • बिहानी ब्यूँझाउने रातसित…

    धुवैंधुँवा भरिएको कोठामा म सकिन निदाउन अँट्नै सकिन आफ्नै अपूर्णतामा पोखिएँ चाहनामा र बग्दै गएँ यसरी जीवनभर भेलजस्तै ठोक्किइरहें ढुङ्गामा र पटक पटक बाँचेको अनभुव गरें

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।