पौराणिक, ऐतिहासिक, राजनीतिक संगम
आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक यो मोरङ
चेतनाको विऊ छर्दछ कृषिभूमि मोरङ
हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ ।

धनपालगढी, गोग्राह, रानी, बुधनगर
विराट गौरव समेट्छ यो विराटनगर
राजारानीपोखरी जेफालेडाँडा मनोरम
बेतना, हसिना सिमसार, रंगेली, मोरङ ।

सबै जाति मिलेर बनेको हाम्रो फूलबारी
छाती यसको चौडा छ अवसर बराबरी
आर्य, कोच, किरात इतिहास बोक्छ मैदान
गौरवपूर्ण नाता भुल्दैन यो हाम्रो मोरङ ।

रक्सी, चामल र खुशी (गफ)
गीतको माया (अनुभूति) नवराज सुब्बा

Leave a Comment