|

Deshko Maya

३ देशको माया

देशको माया गर्नु भन्या आफैलाई चिन्‍नु रैछ
धरतीको धुकधुकी र बोली सबको सुन्‍नु रैछ ।

आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ
अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ
देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्‍नु रैछ
शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ ।

गरिखाने हात कहिले बाधिराख्न हुदैन है
कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है
देशको माया गर्नु भन्या इमान्दार बन्‍नु रैछ
लक्ष्य हाम्रा पूरा गर्न लगनशील हुनु रैछ ।
(शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- शिशिर योगी, एल्बम- देशको माया)

Similar Posts

  • |

    Bahar Sanga

    ६ हाम्रो मोरङ पौराणिक, ऐतिहासिक, राजनीतिक संगमआधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङचेतनाको बीऊ छर्छ कृषिभूमि मोरङहाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगरविराट गौरव समेट्छ यो विराटनगरराजारानी पोखरी जेफालेडाँडा मनोरमबेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारीछाती यसको चौडा छ अवसर बराबरीआर्य, कोच, किरात इतिहास बोक्छ मैदानगौरवपूर्ण यो नाता…

  • |

    Himalaima Hiun

                    १ हिमालैमा हिउँ  हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमाकुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलैढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतैहो नि हुन…

  • शहीदलाई सलाम !

    (गीत)

     शहीदलाई सलाम !

    – नवराज सुब्बा

    सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
    देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

     

    देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • |

    Baigunilai Gunle

    ५. बैगुनीलाई गुनले फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार सोझो बाटो हिडे पनि छिर्के लाउने हजार दुस्मनसित मीत लाउन माफी खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । काम अनि मान्छेका नाम सोध्दासोध्दै कागजमा नअटेर मनमा लेख्दालेख्दै छक्क परें मान्छेका रूप नाना…

  • |

    Mero Euta Ghar

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ५ मेरो एउटा घर मेरो एउटा घर छ लुकेको रहर छ आफन्त बिछोडिदै गएको शहर छ । पुरानो जो थोत्रो सायद म एक हुँ फालिन बाँकी केवल एक पहर छ । हिँडाएँ ताते उसलाई लाठे बनाएँ उसैले प्रहार त्यो गरेको ठहर छ । रोपेको छु फूल हालेकोछु मलजल नसम्झे…