६) देशको माया लाग्छ 

सबैभन्दा धेरै मलाई देशको माया लाग्छ
मेरा सन्तान भनी रुने देशको माया लाग्छ ।

प्रकृतिले बनाइदिए तराई पहाड हिमाल
सुन्दरताको नाना खानी यही“ नै छ विशाल
परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ
सबैजना मिलिजुली हिंड्न मन लाग्छ ।

म त जान्न परदेश गाउ“घर बिर्सी
जन्मिएको हुर्किएको देशबाट उठी
यो देशलाई झिलिमिली बनाउने मन छ
अठोटलाई व्यवहारमा देखाउने मन छ ।

(गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Aruko Lakha Aamako Kakha
Nepali Nepali Hami Nepali