६. सागरभन्दा गहिरो

सागरभन्दा गहिरो
भयो हाम्रो माया
सगर भई फैलियो
चोखो हाम्रो माया ।

फूलमा बसी झुल्दछु
जून जस्तै हाँस्दछ
बग्दै जान्छ खोला भई
दोभान पुगी मिल्दछ ।

दोमन हुन्छ कहिले
बाटो भुलेझैं लाग्दछ
बिर्सिन्छु म आफैलाई
हराएँझैं लाग्दछ ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

Baigunilai Gunle
Bivastale Badhiyeko Mancheko Jivan