|

Chadhdai Jau Shikhar

Patriotic songs

९ चढ्दै जाऊ शिखर

चढ्दै जाऊ शिखर
छोऊ आकाशलाई
विजयको गीतसितै
बाँडौ प्रकाशलाई ।

नलडाऊ कसैलाई
पाइला अघि सारौं
जीत हुन्छ सबैको
मिलीजुली बढौं ।

जति माथि पुगे पनि
मन त यहीँ हुन्छ
देशको यो पुकारलाई
सम्झी छामे पुग्छ ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

Similar Posts

  • |

    Dui Dinko Chola

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो…

  • |

    Bahar Sanga

    ४विवशताले बाँधिएको  विवशताले बाँधिएको मान्छेको जीवनपिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छलम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगीहजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)

  • |

    Bahar Sanga

    ६ हाम्रो मोरङ पौराणिक, ऐतिहासिक, राजनीतिक संगमआधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङचेतनाको बीऊ छर्छ कृषिभूमि मोरङहाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगरविराट गौरव समेट्छ यो विराटनगरराजारानी पोखरी जेफालेडाँडा मनोरमबेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारीछाती यसको चौडा छ अवसर बराबरीआर्य, कोच, किरात इतिहास बोक्छ मैदानगौरवपूर्ण यो नाता…

  • |

    Sagar Bhanda Gahiro

    ६. सागरभन्दा गहिरो सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…