|

Bahar Sanga

Bahar Sanga

९  निधारमा टीका

निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन
एकताको चाड दशैं मंगलमय शुभकामना ।

सयपत्री फूल फुल्यो रमाइलो भो आँगन
बाआमाको आशिशसंगै उच्च भयो भावना
परदेशी पनि घर फर्के रमाइलो भो जीवन
एकताको चाड दशैं मंगलमय शुभकामना ।

राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न
मन सबका रमेका छन् जुटेका छन् खेल्न
जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा
एकताको चाड दशैं मंगलमय शुभकामना ।

(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

Similar Posts

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • |

    Mana Ra Maato

    ७ मन र माटो  मन र माटोको पवित्र यो नाताहाम्रो एकता हाम्रो सफलताहङकङ नेपाली महासंघबसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बासकर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौंनेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मानवीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम–…

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…

  • |

    Gulafako Thunga

    ८. गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम:…

  • |

    Simalako Bhuwa

    ४. सिमलको भुवासरी सिमलको भुवासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । मन पुग्छ रनवन सङ्गी डाक्दै होला वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला काटिएको चङ्गासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो झरनाको पानीसरि झर्छ मेरो मन खस्नु…