|

Simalako Bhuwa

४. सिमलको भुवासरी

सिमलको भुवासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

मन पुग्छ रनवन सङ्गी डाक्दै होला
वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला
काटिएको चङ्गासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो
खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो
झरनाको पानीसरि झर्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

(गीतकार : नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

Similar Posts

  • |

    Chadhdai Jau Shikhar

    ९ चढ्दै जाऊ शिखर चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

  • |

    Geet Gau Ekatako

    (२) एकताको गीत गीत गाऔं एकताको गीत गाऔं वीरताको हे ! पराक्रमी नेपाली लौ नाचौं राष्ट्रियताको । स्वतन्त्रता हाम्रो गीत जनताको सदा जीत जोगाउछौं हाम्रो हित कर्मसित राम्रो प्रीत । अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्बरता सुन्दरता । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

  • Albums Overview

    ◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको…

  • |

    Junai Akash Muni

    (३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । सात समुन्द्र तरें अनगिन्ति रात गनें घर फर्कने त्यो दिन नखोसि देऊ भनें जता पुगे’नी…

  • |

    Kati Sunka Kura

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ९ कति सुनका कुरा कति सुनका कुरा गरौं अब गुनका कुरा गर्मी भो प्रिय थालौ अब जूनका कुरा । चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा । आफन्त माया मारी पराय आफ्नो बनायौ दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा । छ हिसाव बाँकी अझै…