|

Yo Jyanko Maya

Patriotic songs

८ यो ज्यानको माया के माया

यो ज्यानको माया के माया
जन्मेको भूमि ठूलो रैछ
हिमाली छाया देशको माया
परन्तुसम्म लाग्दो रैछ ।

तम्बरैखोला बाढी आयो
माटोको माया उर्ली आयो
परदेशै आए पुलै तरी
गाउँघरको मायाँ गाठै पारी ।

यो मनले आज सम्झिल्याउदा
कर्मैले ल्यायो विदेशैमा
लुङ्ङाज्यू पालाम सम्झिल्याउँदा
फर्कि म आउला स्वदेशैमा ।

(शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) 

Similar Posts

  • |

    Tyo Mrityuko Avas

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ७ त्यो मृत्युको आभास त्यो मृत्युको आभास आइरहन्छ किन कतै बोलाएझैं गीत गाइरहन्छ किन । म गीत गाउँदा गाउँदै ढलिजान सक्छु हरपल संगीत दिलमा छाइरहन्छ किन । लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ केवल दुखिरहने शव्द पाइरहन्छ किन । सबैलाई बाँड्न रैछ यही मुटु प्यारो फकाई कसैले हरदम खाइरहन्छ किन ।…

  • |

    Mana Ra Maato

    ७ मन र माटो  मन र माटोको पवित्र यो नाताहाम्रो एकता हाम्रो सफलताहङकङ नेपाली महासंघबसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बासकर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौंनेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मानवीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम–…

  • |

    Sodhna Mana Lagcha Pritam

    ३. सोध्‍न मन लाग्छ प्रितम् सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ । जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ, संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ । जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी, उकाली र ओरालीमा आउनु पर्ने द्यौराली । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र…

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…