Jiwan Mero Sabdakoshma

Poems by Nawa Raj Subba

जीवन मेरो शब्दकोशमा – कवितासंग्रह
रचनाकार – नवराज सुब्बा
प्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर ।

नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४७ कविताहरू संङ्ग्रहित छन् ।

परदेशीको सपना
– नवराज सुब्बा

मनमा बिछ्याएर
उनेका मायाका पोतेहरू
तिम्रो गलामा बिसाएर
तिमीसँग बिदा माग्दा
धेरै बेर रोएथ्यौ तिमी सपनीमा
अहिले ब्यूँझेर हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आँसुहरू
मेरै सिरानीमा झरेछन्
यस्तो लाग्यो
नौंडाँडापारिकी मायाले
आज मलाई
सम्झिछिन् ।

भाद्र २०३८, हाङपाङ, ताप्लेजुङ ।

Book Download