Khotangko Swasthya खोटाङको स्वास्थ्य
- Version
- Download 7
- File Size 4.00 KB
- File Count 1
- Create Date 2022-12-22
- Last Updated 2023-03-23
Khotangko Swasthya खोटाङको स्वास्थ्य
Khotangko Swasthya is a District Health Profile of Khotang. It has included all service outlets and responsible persons for health care in the district.
परिचय
खोटाङको स्वास्थ्य Khotangko Swasthya जिल्लाको स्वास्थ्य गतिविधि, प्रगति, समस्या र समाधानका विविध पक्षहरू जो हामीले भोगेका, देखेका र सुनेका छौं ।
यसैको समष्टिगत रूप हो यो – “खोटाङ्गको स्वास्थ्य : एक बिहंगम दृष्टि " ।
प्रस्तुति
यो स्वयंमा कुनै नौलो नभएता पनि यसले केहि आकांक्षाहरू आफैमा समेट्ने प्रयास गरेको छ ।
आफू भित्र धेरै (७६ वोटा) गा. वि. स. हरू समाहित गरेको खोटाङ्ग जिल्ला दुर्गम पहाडी जिल्ला भएकाले
व्यवस्थापकीय दृष्टिले समेत सूचना र संचार उत्तिकै कठिन विषयवस्तु भएको अनुभव गर्दै
यसले कमसेकम जिल्ला भित्र कार्यरत स्वास्थ्य कर्मीलाई आफ्नो जिल्ला र गाऊँको स्वास्थ्य सम्वन्धिं पार्श्वचित्र आफ्नो मानस पटलमा ताजा गराओस्
र प्रस्तुत प्रतिबिम्बलाई आफ्ना फूर्सदका क्षणमा हेर्ने र केहि घोत्लिने वातावरण प्राप्त गराई सेवास्तरमा सुधार ल्याउन मद्दत पुऱ्याओस् भन्ने आकांक्षा यसले बोकेको छ ।
अर्कोतिर गाउँले जनताहरूलाई आफ्नो गाउँमा रहेका स्वास्थ्य संस्थाहरू, स्वास्थ्य कार्यकर्ता, स्वयंसेवक, गाउँघर क्लिनिक र खोपकेन्द्रहरूको
ठेगाना र मिति समेत छर्लङ्ग हुने गरी यसमा प्रस्तुत गरेर यसलाई सवै गा. वि. स. हरूमा उपलब्ध गराई स्वास्थ्य सेवाको सूचना संचार गरी
जनसहभागिता जुटाउने आशा राखिएको छ ।
कसका लागि
खोटाङ्ग जिल्लाको स्वास्थ्य क्षेत्र प्रति चाख राख्ने बुद्धिजीवी, सर्वसाधारण तथा गैर सरकारी संस्थाहरू
सवैलाई पुस्तकमा उल्लेखित सूचना र तथ्याङ्क उपयोगी हुन सक्ने छ । प्रस्तुत पुस्तकका तथ्याङ्कहरू, उद्देश्य, लक्ष र नीति आदि
श्री स्वास्थ्य सेवा विभाग र श्री पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयको वार्षिक प्रतिवेदनमा आधारित छन् ।
साथै अन्य विवरणहरू जिल्ला स्थित विभिन्न कार्यालयहरूको पार्श्व चित्रमा आधारित छन् ।
अन्तमा, विविध समस्याले गर्दा चाहे जति सामग्री र स्वरूपमा प्रस्तुत गर्न नसकिए पनि यो हाम्रो पहिलो प्रयास हो ।
भविष्यमा अरू परिस्कृत रूपमा ल्याउन यहाँहरूको अमूल्य रचनात्मक सुझावलाई हार्दिक स्वागत छ ।
-नवराज सुब्बा
२०५४ फाल्गुण ७ गते